बालिका अधिकार संरक्षण बारेमा छलफल

देवचुली, २५ साउन ।
देवचुलीमा बालिका अधिकार संरक्षणमा बाल क्लबको भूमिकाका विषयक छलफल कार्यक्रम गरिएको छ । राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा नवलपुर किशोरी संजालको आयोजनामा जागृति बाल क्लब, जागृति बाल तथा युवा सरोकार नेपाल र एसियन गर्ल्स अभियानको सहकार्यमा देवचुली- १० मा रहेको किशोरी अध्ययन तथा स्रोत केन्द्रमा बालबालिकाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

जागृति बाल क्लबका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाको उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरि देवचुली- ९ का वडाध्यक्ष बलिराम सापकोटा, देवचुली- १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली नगरपालिकाका परामर्शदाता नारायण पौडेल, जिल्ला बाल संजालका अध्यक्ष कृशला शर्मा, देवचुली नगरपालिका नगर बाल संजालका अध्यक्ष आस्था अधिकारीलगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बालबालिकाको लागि आजको दिन ऐतिहासिक भएको र जागृति बाल क्लबलाई २०५८ साउन २५ गते सर्वोच्च अदालतले कानुनी मान्यता दिएकोले आज बालबालिकाहरु गोलबद्ध हुँदै आफ्नो आवाज राख्ने अवसर पाएको बताए । बालिका अधिकार संरक्षणका लागि सबैजना हातेमालो गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बालिका संरक्षणका लागि लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा जागृति बाल क्लबका संस्थापक सचिव सोम सुवेदी, देवचुली नगरपालिकाको नगर प्रमुखको सचिवालय सदस्य सागर न्यौपाने, जिल्ला बाल संजाल नवलपरासी संस्थापक सचिव केवी राना, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता नारायण पौडेल, जागृति बाल क्लबका सल्लाहकार होमनाथ पौडेल, देवचुली- १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती मगरले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न विद्यालय तथा बाल क्लबका १४० जना बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण किशोरी अभियन्ता रेजिना घर्ती मगरले गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट