भरतपुर, २५ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भरतपुरमा वृहत युवा केन्द्रित कार्यक्रम लिडरशिप ओडेसी -२०२३ हुने भएको छ ।
सो कार्यक्रममा प्रतिनिधिसभा सांसद माननीय सोविता गौतम, लिडरशिप कोच अनिल केशरी शाह र युवा नेता कविन्द्र बुर्लाकोटी प्रमुख वक्ताको रुपमा आउने लिडरशिप ओडेसी २०२३ का संयोजक इन्जिनियर प्रविन काफ्लेले जानकारी दिए । चितवन गार्डेन रिसोर्टमा साउन २७ गते शनिबार हुने कार्यक्रममा करिब १००० जना युवा सहभागी हुने लक्ष्य लिईएको संयोजक काफ्लेले बताए ।
कार्यक्रम नि:शुल्क हुने र युवा उद्यमीलाई प्रबर्धन गर्ने लक्ष्य पनि राखिएको छ । चितवनलाई नयाँ विचार, नयाँ उर्जा र सम्भावनाको खोजी गर्ने जिल्ला बनाउने कार्यक्रमको लक्ष्य रहेको उनले बताए ।





