देवघाटधाम, २४ साउन ।
चितवन सोसाइटी क्यानडाले देवघाटधामस्थित रामजानकी बालिका आश्रममा रहेका ३२ जना बालिकालाई भोजन गराएको छ ।
`चितवनको विकास र सामाजिक भावना समाजको एकता र समृद्धि´को मूल नारा बोकेको चितवन समाज क्यानडाले अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । भोजन कार्यक्रममा सहभागी समाजका सदस्यहरूलाई आश्रमका बालिकाहरुले स्वागत गीतले स्वागत गरेका थिए ।





