सल्यान, २३ साउन ।
सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।
मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लट्ठीले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले हत्या गरेको आरोपमा नवीनलाई पक्राउ गरेको जानकारी दिएका छन् । उनका अनुसार हत्याको कारण खुल्न सकेको छैन ।
तीन दिन अघि मात्र शारदा नगरपालिका १४ मा एक महिलाको मकै बारीमा घाँस काट्न गएकी महिलाको घाँटी रेटी हत्या भएको थियो ।





