आँखा पाक्ने संक्रमण फैलन थालेपछि भरतपुरका विद्यालयमा बिदा

भरतपुर, २१ साउन ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै जान थालेपछि भरतपुर महानगरपालिका भित्रका विद्यालयहरूमा शुक्रबारसम्म बिदा दिइएको छ । प्रकोपको रोकथामका लागि भन्दै साउन २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म नगर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थामा बिदा दिइएको नगर शिक्षा अधिकारी महेन्द्र पौड्यालले कायाकैरनलाई जानकारी दिए । महानगरले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो ।
सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ । विद्यालयमा एडिनो भाइरसको संक्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी रत्ननगर नगरपालिकामा पनि २२ गतेदेखि २४ गतेसम्म बिदा दिइएको छ । नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले बिदाको सूचना सार्वजनिक गर्दै विद्यार्थीहरूलाई आँखाको सुरक्षाको सचेतता सम्बन्धि जानकारी दिन विद्यालयलाई अनुरोध गरेका छन् । खैरहनी नगरपालिकाले भने यस अगाडि नै सूचना निकाकेर साउन २१ र २२ गते विद्यालय बन्द हुने जानकारी गराइसकेको छ ।
चितवनसहित देशभरीनै अहिले आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट