२०८० साउन २२ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर, २१ भरतपुर । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आज दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए । शव केराघारीबाट निकालिएको र पोष्टमार्टमका लागि भरतपुर पठाउने […]
भरतपुर अस्पतालसँग वडाले माग्याे जग्गा भाडाकाे विवरण

भरतपुर, २१ साउन । भरतपुर महानगरपालिका वडा नम्बर- १०ले भरतपुर अस्पताललाई पुरानो मेडिकल कलेजसहित विभिन्न व्यक्ति तथा संस्थाबाट भाडा बुझेको विवरण मागेको छ । वडाध्यक्ष परमेश्वर खनालले आइतबार भरतपुर अस्पतालका अध्यक्षलाई पत्र लेख्दै करार सम्झौताअनुसार भाडा रकमको विवरण तीन दिनभित्र उपलब्ध गराउन अनुरोध गरेका छन् । ‘कलेज अफ मेडिकल साइन्ससमेत विभिन्न व्यक्ति तथा संस्थासँग व्यावसायिक […]
आँखा पाक्ने संक्रमण फैलन थालेपछि भरतपुरका विद्यालयमा बिदा

भरतपुर, २१ साउन । आँखा पाक्ने रोगको प्रकोप बढ्दै जान थालेपछि भरतपुर महानगरपालिका भित्रका विद्यालयहरूमा शुक्रबारसम्म बिदा दिइएको छ । प्रकोपको रोकथामका लागि भन्दै साउन २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म नगर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थामा बिदा दिइएको नगर शिक्षा अधिकारी महेन्द्र पौड्यालले कायाकैरनलाई जानकारी दिए । महानगरले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक […]
जया ओझाको `रुमानी´ उपन्यास सार्वजनिक

काठमाडौं, २१ साउन । साहित्यकार जया ओझाको नयाँ उपन्यास `रुमानी´ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्रज साहित्यकार भुवनहरि सिग्देल, डा. अशोक थापा, माल्विका सुब्बा तथा लेखिका स्वयंले संयुक्तरुपमा रुमानी विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा उपन्यासका बारेमा डा. अशोक थापा तथा माल्विका सुब्बाले बोलेका थिए । लेखक जया ओझाको `रुमानी´ उपन्यासमा […]
भारतमा कार दुर्घटना : नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु

बाँके, २१ साउन । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । […]
‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

भरतपुर, २१ साउन । ज्येष्ठ नागरिकलाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई […]