जया ओझाको `रुमानी´ उपन्यास सार्वजनिक

काठमाडौं, २१ साउन ।
साहित्यकार जया ओझाको नयाँ उपन्यास `रुमानी´ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा  अग्रज साहित्यकार भुवनहरि सिग्देल, डा. अशोक थापा, माल्विका सुब्बा तथा लेखिका स्वयंले संयुक्तरुपमा रुमानी विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा उपन्यासका बारेमा डा. अशोक थापा तथा माल्विका सुब्बाले बोलेका थिए । लेखक जया ओझाको `रुमानी´ उपन्यासमा सामाजिक विषयवस्तु समेटिएका अशोक थापाले बताए । `माया प्रेममा आधारित कथावस्तु जोडिएको उपन्यासमा लैंगिक र यौनिक सन्दर्भको उठानसँगै प्रेमका आरोह अवरोह र मानवीय व्यवहार पनि छन्´, थापाले भने – `विभेदपूर्ण समाजको संरचना भत्काउनका लागि गरिएको संघर्षको कथा पनि उपन्यासमा छ । प्रेम, विद्रोह, संघर्ष र सम्बन्धहरूको संसारमा सङ्गतिको खोजी गर्नु उपन्यासको उद्देश्य हो ।´

कार्यक्रममा बोल्दै लेखक ओझाले आफ्नाे नयाँ उपन्यास रुमानीले पाठककाे मन जित्न सफल हुने विश्वास गरिन् । ओझाको यो तेस्रो उपन्यास हो । उनका यस अघि `आवरण´ र `अनुराग´ उपन्यास प्रकाशित छन् । पेज टर्नरबाट प्रकाशित रुमानीको मूल्य ६४०/- छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट