गैंडाकोट, १९ साउन ।
गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) का विद्यार्थीहरुलाई शुक्रबार ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ ।
कलेजको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभागिता रहेको अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले जानकारी दिए ।कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक नियमको पालना तथा सडक सुरक्षा सम्बन्धी विषयमा जिल्ला टाफिक प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रमुख प्रहरी निरिक्षक गणेश पौडेलले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा विद्यार्थीहरुले ट्राफिक प्रहरीले किन र कस्तो अवस्थामा जरिवाना काट्छ ? काटेको जरिवाना कहाँ जान्छ ?मोटरसाइकलको आवाज ठुलो बनाउँदा किन जरिवाना तिर्नुपर्छ ? लगायतका विषयमा ट्राफिक प्रमुख पौडेलसँग खुलेर जिज्ञाशा समेत राखेकाे वरिष्ठ प्रहरी नायव निरिक्षक लेखनाथ पुरीले बताए ।
कलेजका सबै विद्यार्थीहरुलाई आलोपालो गरि ट्राफिक नियमको पालना तथा सडक सुरक्षा सम्बन्धी विषयमा प्रशिक्षण दिने योजना अघि बढाइएको अक्सफोर्ड कलेजले जनाएको छ ।





