काठमाडौँ, १८ साउन ।
हाँस्यकलाकार हरिवंश आचार्यको स्वर रहेको “ए केटा मादलु पड्का” बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो बिहीबार साँझ आरटी इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा आचार्यसँगै गायिका शान्तिश्री परियारको पनि स्वर रहेको छ । गीतमा संगीत र शब्द आचार्यकै रहेको छ । गीतमा एरेन्ज भने श्यामश्वेत रसाईलीले गरेका हुन् ।
गीति भिडियोमा आचार्यसँगै प्रियंका कार्की र सरोज ओली लगायतको रमाइलो नृत्य पनि देख्न सकिन्छ । गीतको म्युजिक भिडियो भने दिवस गिरीले कोरियोग्राफ गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:





