हरिवंश आचार्यको “ए केटा मादलु पड्का” (भिडियो सहित)

काठमाडौँ, १८ साउन । हाँस्यकलाकार हरिवंश आचार्यको स्वर रहेको “ए केटा मादलु पड्का” बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो बिहीबार साँझ आरटी इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा आचार्यसँगै गायिका शान्तिश्री परियारको पनि स्वर रहेको छ । गीतमा संगीत र शब्द आचार्यकै रहेको छ । गीतमा एरेन्ज भने श्यामश्वेत […]

गुरुकुलका विद्यार्थीसँग पर्यटन व्यवसायी घिमिरेको अन्तर्क्रिया

भरतपुर, १८ साउन । सौराहास्थित जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले गुरुकुल कलेजमा कक्षा ११ र १२ व्यवस्थापन संकायकका विद्यार्थीलाई नेपालमा पर्यटन व्यवसायको भविस्य र त्यसमा आइपर्ने चुनौतीका बारेमा अभिमुखीकरण तालिम दिएका छन् । घिमिरेले विद्यार्थीहरूसँग उद्यम, अवसर र चुनौतीका बारेमा चर्चा गर्दै छलफल पनि गरेका थिए । बिहीबार कलेजमा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी […]

रुङ्गटालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

भरतपुर, १८ साउन । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । घटनाको तीन महिनापछि बिहीबार रुङ्गटा चितवन जिल्ला अदालतमा आफै हाजिर भएका थिए । अदालतका स्रेस्तेदार ईश्वर आचार्यले सो मुद्दामा रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिए । जिल्ला न्यायाधीश डिल्लीराम […]

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर-घर पुग्छ गाडी

बागलुङ, १८ साउन । गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन् । सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ । हाँस्दै, खेल्दै […]

अधिवक्ता भगवती पाण्डे रिहा

काठमाडौं, १८ साउन । जातीय र धार्मिक अभिव्यक्तिका कारण पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छिन् । उनलाई सामान्य सोधपुछ गरेर छाडिएको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ । उनलाई अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत लगेपनि अदालतले प्रमाण नपुगेको भन्दै म्याद थपको अनुमति नदिएको प्रहरीले जनाएको छ । `तामाङ जातिमा हाड-नाताबीच विवाह […]