अधिवक्ता भगवती पाण्डे रिहा

काठमाडौं, १८ साउन ।

जातीय र धार्मिक अभिव्यक्तिका कारण पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छिन् ।

उनलाई सामान्य सोधपुछ गरेर छाडिएको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ । उनलाई अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत लगेपनि अदालतले प्रमाण नपुगेको भन्दै म्याद थपको अनुमति नदिएको प्रहरीले जनाएको छ ।

`तामाङ जातिमा हाड-नाताबीच विवाह गर्ने चलन हुँदा समाजमा अपराध मौलायो’ भन्ने अभिव्यक्ति दिएर विवादमा आएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।

एक टेलिभिजन अन्तर्रावार्तामा राखेको धारणाका कारण विवादमा आएकी पाण्डेविरुद्ध तामाङ तथा मगर समुदायले प्रहरीले उजुरी दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट