भरतपुर, १८ साउन ।
सौराहास्थित जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले गुरुकुल कलेजमा कक्षा ११ र १२ व्यवस्थापन संकायकका विद्यार्थीलाई नेपालमा पर्यटन व्यवसायको भविस्य र त्यसमा आइपर्ने चुनौतीका बारेमा अभिमुखीकरण तालिम दिएका छन् । घिमिरेले विद्यार्थीहरूसँग उद्यम, अवसर र चुनौतीका बारेमा चर्चा गर्दै छलफल पनि गरेका थिए । 
बिहीबार कलेजमा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी घिमिरेले पर्यटन क्षेत्रमा आफ्नो प्रवेश, व्यवसायको सुरुवात र अहिलेको अवस्थाका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । घिमिरेले पर्यटन व्यवसायको फाइदाको बारेमा विद्यार्थीलाई उदाहरण सहित प्रष्ट पारेका थिए ।
कार्यक्रमा बोल्दै गुरुकुल कलेजका प्राचार्य टीकाराम चापागाईंले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान दिने उल्लेख गरे । स्कुल कलेजमा व्यवहारिक कक्षा गराउनेमा गुरुकुल कलेज नेपाल कै उत्कृष्ट कलेज भएको चापागाईंले दाबी गरे । कार्यक्रम संयोजक सुशील रेग्मीका अनुसार गुरुकुल कलेजले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड्दै आएको छ । शैक्षिक निर्देशक सिर्जन अविरलका अनुसार गुरुकुलले आफ्नो विद्यार्थीलाई वर्षभरि नै नियमितरूपमा यस्ता कार्यक्रमहरु गराइराखेको र आफ्नो शैक्षिक क्यालेन्डरमा पनि समावेश गरेको छ ।





