काठमाडौं, १५ साउन ।
राप्रपाले काठमाडौं महानगरपालिकासँग पार्टी कार्यालय खाली गर्नका लागि ३५ दिन समय मागेको छ । राप्रपाले धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय तत्काल नभत्काउन आग्रह गर्दै ३५ दिन समय मागेको हो ।
महानगरले सोमबार नै पार्टी कार्यालय भत्काउने तयारी गरेपछि राप्रपाका केही नेताहरूले महानगरको कार्यालय पुगेर ३५ दिन समय मागेका हुन् ।
पार्टी कार्यालय हाइटेन्सन तारमुनि भएको र नक्सापाससमेत नभएको भन्दै महानगरले खाली गर्न आदेश दिएको थियो ।





