पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्याे ३५ दिनको समय

काठमाडौं, १५ साउन । राप्रपाले काठमाडौं महानगरपालिकासँग पार्टी कार्यालय खाली गर्नका लागि ३५ दिन समय मागेको छ । राप्रपाले  धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय तत्काल नभत्काउन आग्रह गर्दै ३५ दिन समय मागेको हो । महानगरले सोमबार नै पार्टी कार्यालय भत्काउने तयारी गरेपछि राप्रपाका केही नेताहरूले महानगरको कार्यालय पुगेर ३५ दिन समय मागेका हुन् । पार्टी कार्यालय […]

एनआरएनए दक्षिण कोरियामा बुद्धि गुरुङको नेतृत्व

सउल, दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको नवौं महाधिवेशन आइतबार सम्पन्न भएको छ । एनआरएनए कोरियाको आगामी कार्यकाल ०२३-०२५ का लागि सउलमा सम्पन्न भएको महाधिवेशनमा निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा बुद्धि गुरुङ तथा महासचिवमा डा. केशव थापा निर्वाचित भएका छन् ।   निर्वाचन समितिले दिएको जानकारी अनुसार नयाँ कार्यसमितिमा अन्य निर्वाचित हुनेहरुमा बरिस्ठ उपाध्यक्षमा […]

आज साउन १५ अर्थात् खीर खाने दिन

काठमाडौँ, १५ साउन । नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको […]

बागमती प्रदेशले सात अस्पताललाई दियो शवबाहन

हेटौंडा, १५ साउन । बागमती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आइतबार प्रदेशका विभिन्न सात अस्पताललाई शवबाहन हस्तान्तरण गरेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलले प्रदेश सरकार मातहतका विभिन्न जिल्लाका अस्पतालहरूलाई शवबाहन हस्तान्तरण गरेको हो । केन्द्रले चितवनको बकुलहर अस्पताल, रामेछाप, दोलखा, रसुवा, चौतारा, नुवाकोट, र सिन्धुलीलाई शवबाहन हस्तान्तरण गरेको हो । शवबाहन प्रदेशका […]