सउल, दक्षिण कोरिया ।
गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको नवौं महाधिवेशन आइतबार सम्पन्न भएको छ ।
एनआरएनए कोरियाको आगामी कार्यकाल ०२३-०२५ का लागि सउलमा सम्पन्न भएको महाधिवेशनमा निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा बुद्धि गुरुङ तथा महासचिवमा डा. केशव थापा निर्वाचित भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार नयाँ कार्यसमितिमा अन्य निर्वाचित हुनेहरुमा बरिस्ठ उपाध्यक्षमा पार्वती मोक्तान, उपाध्यक्षमा तारा पुनमगर, हरिप्रसाद भट्टराई, सुनिल कान्दवा, महिला उपाध्यक्षमा आरती ह्योल्मो, युवासंयोजकमा युविन श्रेष्ठ, कोषाध्यक्षमा भक्तबहादुर गुरुङ, सह-कोषाध्यक्षमा विष्णु बुढाथोकी, सचिवमा पूर्णराम बुढा र कमल भण्डारी, महिला संयोजकमा निला राई तथा सदस्यहरुमा सपना अधिकारी, बिन्दु शाह, विष्णुबहादुर रखाल, बिष्णु रेग्मी, मगलप्रसाद योङहाङ, सुदन जुहार्चन र गंगा राजनमगर छन् । आईसिसी सदस्यमा बुद्धिप्रसाद नेपाल, दीपक पुन, हर्कमान गुरुङ, डा.रोशन शर्मा पौडयाल यस अघि नै निर्विरोध निर्वाचित भएका छन् ।
एनआरएनए कोरियाको नयाँ कार्यसमितिका लागि विभिन्न २४ पदका लागि अनलाइन भोटिङमार्फत चुनाव गरिएको थियो । विभिन्न ४४ जनाले उक्त प्रतिस्पर्धामा उम्मेदवारी दिएका थिए । जम्मा ४ हजार ४ सय ५८ मतदाता रहेको निर्वाचनमा ३ हजार ७ सय ६६ मत खसेको थियो ।





