कृषिमा २५ प्रतिशत बजेट छुट्टाउन किसानको माग

राप्ती, १४ साउन ।
राप्तीका किसानहरुले विभिन्न माग राखी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छ्न । कृषि कर्म र किसानहरुको हितको लागि आवस्यक कदम चालियोस भनी ज्ञापनपत्र बुझाएका हुन् ।

विभिन्न माग राखी किसानहरुको तर्फबाट राप्तीकै जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले राप्ती नगरपालिकालाई गत शुक्रबार ज्ञापनपत्र बुझाएको हो । कृषि क्षेत्रको विकास र बिस्तारमा प्रचुर सम्भावना हुदा हुँदै पनि नगरपालिकाले उचित योजनाहरु ल्याउन नसकेको उनीहरुको आरोप छ ।

पालिकाभित्रका जनताहरुको मुख्य आर्थिक आम्दानी नै कृषि र पशुपालन भए पनि बजेट बिनियोजन गर्दा त्यो मर्मलाई खासै आत्मसात गर्न नसकेको किसानहरुको भनाइ छ । राप्ती नगरपालिकाले गत वर्षको तुलनामा कृषि क्षेत्रमा छुट्याइने बजेट केही बढोत्तरी गरेको छ । तर समग्र राप्तीवासीको घरवार र रोजीरोटी चलाउने कृषि क्षेत्रमा पालिकाले गरेको बजेट बिनियोजन अझै कम भएको किसानहरुको बुझाइ छ । अहिले नगरपालिकाले गरेको बजेट बिनियोजन कुल बजेटको करिब एक प्रतिसत मात्रै भएकोले त्यसलाई बढाएर २५ प्रतिशत पु¥याउनु पर्ने उनीहरुको माग छ ।

ज्ञापनपत्रमा कृषक तथा शेयर सदस्य संख्याका आधारमा सहकारीलाई रासायनिक मल उपलब्ध गराउने, उत्कृष्ट किसानलाई पुरस्कृत, उन्नत बीउबिजनमा अनुदान र यान्त्रिकरणमा जोड, कृषक बाली बिमा योजना ल्याउनुपर्ने, संस्थालाई एक जना कृषि प्राविधिक उपलब्ध गराउनुपर्ने, बेमौसमी समयमा पहाडी वडामा विशेष योजना लैजानुपर्ने लगायतका माग उल्लेख छन् ।

संस्थाका अध्यक्ष धर्मराज कँडेलको नेतृत्वमा गएको टोलीले राप्ती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीलाई ज्ञापनपत्र बुझाएको थियो । सहकारीले पेस गरेको ज्ञापनपत्र बुझ्दै भण्डारीले प्राप्त ज्ञापनपत्र नगरप्रमुखलाई उपलब्ध गराउने र आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट