एक वर्षमा २ सय ३७ वटा विवादमा मेलमिलाप

राप्ती, १४ साउन ।
राप्ती नगरपालिकाले एक आर्थिक वर्षमा २ सय ३७ वटा विवादमा मेलमिलाप गरेको छ । नगरपालिकाको न्यायिक समिति तथा वडागत रुपमा रहेको मेलमिलाप समितिले उक्त संख्यामा मेलमिलाप गरेको हो ।

स्थानीय निकायमा न्याय निरुपण र विवाद समाधानको वैकल्पिक उपाय अवलम्बन गर्न सकिने गरी नेपालको संविधान २०७२, भाग १७ को धारा २१७ मा न्यायिक समिति सम्बन्धि व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम न्यायिक तथा मेलमिलाप समितिले दर्ता भएका विवाद समाधान गरिएको हो ।

गत आर्थिक वर्षमा दर्ता भएका २९७ वटा विवादमध्ये ५८ वटा विवाद छलफलकै क्रममा रहेको र २ सय ३७ वटा विवाद मेलमिलाप पद्धति बाट सुल्झाइएको न्यायीक समितीका संयोजक तथा नगर उपप्रमुख देवेन्द्र लामाले बताए । प्राप्त उजुरीलाई सकेसम्म मेलमिलापको विधिबाट सुल्झाउने प्रयास गरिएको र सहमति हुन नसकेको २ वटा विवादलाई न्यायिक निरूपणबाट समाधान गरिएको उनको भनाइ छ ।

समग्रमा दर्ता भएका विवादहरुमध्ये जग्गाको साँध सिमानाको विवाद धेरै देखिएको छ । नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका ३५ उजुरीहरुमध्ये १३ वटा अर्थात् सबैभन्दा धेरै साँध सिमाना सम्बन्धि उजुरी परेको न्यायीक सहजकर्ता विकास मोक्तानले बताए । न्यायिक समितिको तथ्यांकअनुसार दोस्रो धेरै उजुरी आर्थिक लेनदेन सम्बन्धि रहेको देखिन्छ ।

यसबाट आपसी लेनदेन सम्बन्धि विवाद बढ्दो रुपमा रहेको प्रष्टिन्छ भने घरायसी विवाद, बाटो कुलो विवाद, अंश तथा माना चामल र तलब, ज्याला सम्बन्धि विवादहरू बढी आउने गरेको देखिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट