काठमाडौँ, ११ साउन ।
आधारभूत (निम्नमाध्यमिक) तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ ।
आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले साउन ११ गतेदेखि आवेदन दिन सक्नेछन् । आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म दिन सकिनेछ ।
आवेदन अनलाइनबाट दिन सकिनेछ ।





