भरतपुरमा रेमबहादुर गुरूङको योगदानको चर्चा

भरतपुर, ११ साउन । तत्कालीन तमू छोँज धींका अध्यक्ष एवम् तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको संरक्षण परिषदका अध्यक्ष स्व. डा डाक्टर रेमबहादुर गुरूङको योगदानको चर्चा गरिएको छ । डाक्टर गुरूङको १३औँ स्मृति दिवसका अवसरमा तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद चितवनले तत्कालीन अवस्थामा देशभरका गुरूङ समुदायको नेतृत्व गरेर महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै चर्चा […]

कवि एलबी क्षेत्रीको `को हो त्यो मान्छे ?´ आउँदै

भरतपुर, ११ साउन । कविडाँडा साहित्य समाजका अध्यक्ष एवम् चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीले ‘को हो त्यो मान्छे ?’ नयाँ पुस्तक सार्वजनिक गर्दै छन् । मानिसको पहिचान गराउनको लागि लेखिएका कवितालाई यो सङ्ग्रहमा राखेको कवि क्षेत्रीले बताए । अहिले अष्ट्रेलियामा रहेका क्षेत्रीले झण्डै एक दशकपछि छैटौं कृतिको रुपमा यो कवितासङ्ग्रह सार्वजनिक गर्न लागेका हुन् । […]

सौराहामा शनिबार वृहत् गजल वाचन हुँदै

भरतपुर, ११ साउन । चितवनको सौराहामा साउन १३ गते शनिबार वृहत् गजल वाचन कार्यक्रम हुने भएको छ । बिहान ११.३० बजेदेखि सौराहास्थित गैरीबारी रिसोर्टमा कार्यक्रम हुन लागेको हो । काव्यकुञ्ज साहित्य प्रतिष्ठानको आयोजना ‘काव्य परिक्रमा भाग १’ अन्तर्गत पहिलो शृङ्खलामा वृहत् गजल वाचनको कार्यक्रम राखिएको प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले बताए । चितवनमा गजल लेखनको इतिहास […]

निमावि शिक्षक लाइसेन्सका लागि आवेदन खुल्यो

काठमाडौँ, ११ साउन । आधारभूत (निम्नमाध्यमिक) तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले साउन ११ गतेदेखि आवेदन दिन सक्नेछन् । आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने […]

अङ्कुरम् एकेडेमी र एसजीआइएसबीचको ‘इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न

भरतपुर, ११ साउन । भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमी र संजय गोदावत् इन्टरनेशनल स्कूल भारतबीच `इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न भएको छ । भारतको महाराष्ट्रमा दश दिनसम्म चलेको साँस्कृतिक सहकार्य साझेदारी कार्यक्रम अन्तर्गत नेपाल र भारतका साँस्कृतिक विविधता झल्कने भेषभूषा, गायन, नृत्य तथा आ-आफ्नो माटो चिनाउने सांगीतिक प्रस्तुतिहरु बेजोड रुपमा प्रस्तुत गरिएको प्राचार्य सुमन पौडेलले जानकारी […]