हराएका ३४६ मोबाइल फिर्ता

चितवन, १० साउन ।

जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका तीन सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ ।

मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि मोबाइल पत्ता लाग्ने गरेको छ । पत्ता लागेका मोबाइललाई सम्बन्धित धनीलाई बुझाइएको उनले जानकारी दिए ।

साउन महिना लागेपछि मात्रै २१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । चोरी भएका मोबाइल भने मुद्दा दर्ता गरेर चोरी गर्ने व्यक्तिलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट