भरतपुर, ५ साउन ।
नेपाल टेलिकम वर्कस युनियनले भरतपुरमा रक्त संकलन गरेको छ । युनियनको २३औं वार्षिकोत्सव एवम् ४२औं विपी समृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । ५३ जनाले रक्तदान गरेका थिए ।
जिल्लामा रगतको माग बढेको कारण रक्तदान कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष सुरेश अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले रगतको अभाव भएको बेला रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै सबैलाई रगत संकलनमा सहभागी हुन आह्वान गरे ।





