टेलिकम वर्कस युनियनको वार्षिकोत्सवमा रक्तदान

भरतपुर, ५ साउन । नेपाल टेलिकम वर्कस युनियनले भरतपुरमा रक्त संकलन गरेको छ । युनियनको २३औं वार्षिकोत्सव एवम् ४२औं विपी समृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । ५३ जनाले रक्तदान गरेका थिए । जिल्लामा रगतको माग बढेको कारण रक्तदान कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष सुरेश अधिकारीले बताए […]

चितवनमा काँग्रेसले शनिबारदेखि सदस्यता वितरण सुरु गर्ने

भरतपुर, ५ साउन । नेपाली कांग्रेसले चितवनमा शनिवारदेखि संगठन विस्तारको अभियान सुरु गर्दैछ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार ४२औं विपी जयन्तीको अवसर पारेर सदस्यता वितरणको अभियान सुरु गर्न लागेको हो । शनिवार विहान ११ बजे एकै साथ विपीको फोटोमा माल्यार्पण गरेर सदस्यता वितरण सुरुवात गरिने बताइएको छ । कांग्रेसको क्रियाशील सदस्यता नवीकरण सम्बन्धि ९८ […]

ओझाको `ऐँठन´माथि चितवनमा विमर्श

भरतपुर, ५ साउन । युवा आख्यानकार विवेक ओझाको `ऐँठन´ उपन्यासको विमर्श गरिएको छ । चितवन कचेहेरीको आयोजनामा शुक्रबार डबली क्याफे भरतपुरमा उपन्यासका विविध आयामका सन्दर्भमा रहेर छलफल गरिएको छ । विमर्श कार्यक्रममा लेखक ओझासँगै डाक्टर सञ्जीव उप्रेती र सरिता तिवारी सहभागी थिए । ऐँठन उपन्यासमा १० वर्षे माओवादी जनयुद्धको कथालाई लेखक ओझाले कलात्मक ढंगले वर्णन […]

मास्के पुस्तक भण्डारद्वारा `असल व्यवसायी´लाई सम्मान

भरतपुर, ५ साउन । मुलुककै प्रतिष्ठित मास्के पुस्तक भण्डार नारायणगढले नियमित कारोबार गरेबापत `असल व्यवसायी´का रूपमा स्थानीय केही व्यवसायीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा अग्रिम बुक्स दुर्गाचोककी रीता लम्साल ढकाल, अर्किड बुक्स हाकिमचोककी सविना ओझा, शुभलाभ स्टेसनरी गैंडाकोटकी जानुका गैरे तथा बुद्धिसागर गैरे र सम्पूर्ण किताब नारायणगढका लेखराम सापकोटा रहेका छन् । मास्के पुस्तक […]

‘अङ्कुरण’ बाट छन्द कवितामा उम्रिएका अर्याल

कविता बुझ्न जटिल छ, लेख्न कठिन । अझ छन्दमा कविता लेख्न त झन् कठिन । यही कठिन बाटोबाट सरलरुपमा छन्देली कवितामा उम्रिएका नवप्रतिभा हुन् कवि पदम अर्याल । लामो समयदेखि शिक्षण पेशामा आबद्ध अर्याल पहिलो साहित्यिक कृति ‘अङ्कुरण’ कवितासङ्ग्रह लिएर छन्देली कवितायात्रामा देखा परेका हुन् । २०३१ साल जेठ १५ गते पाँचथर जिल्लाको फिदिममा जन्मिएका […]

सुन तस्करी प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्‍यो

काठमाडौँ, ५ असार । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । साँझ पक्राउ गरिएका […]