भरतपुर, ५ साउन ।
मुलुककै प्रतिष्ठित मास्के पुस्तक भण्डार नारायणगढले नियमित कारोबार गरेबापत `असल व्यवसायी´का रूपमा स्थानीय केही व्यवसायीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा अग्रिम बुक्स दुर्गाचोककी रीता लम्साल ढकाल, अर्किड बुक्स हाकिमचोककी सविना ओझा, शुभलाभ स्टेसनरी गैंडाकोटकी जानुका गैरे तथा बुद्धिसागर गैरे र सम्पूर्ण किताब नारायणगढका लेखराम सापकोटा रहेका छन् । मास्के पुस्तक भण्डारका संरक्षक इन्दिरादेवी मास्के र रजनी मास्केले महिला व्यवसायीलाई टीका लगाई तिलहरी र सापकोटालाई पंखा उपलब्ध गराएका हुन् ।
त्यसैगरी दियालो पुस्तक पसल खोलेसिमल बजारका विद्याधर बास्तोला, जनता पुस्तक पसल नारायणगढका अर्जुन बगाले, पूर्णिमा पुस्तक पसल भरतपुरका कल्याण ढुंगाना, इन्फिनिट पुस्तक पसल हाकिमचोकका रेशमलाल पुडासैनी, सुदीप पुस्तक पसल वीरेन्द्रनगरका असिम पाठक, कञ्चन पुस्तक पसल जगतपुरका दीवाकर पाठक, निलम बुक्स विकासचोकका अनिल जिसी, बंगलामुखी पुस्तक पसल भण्डाराका राज बर्तौला, विशाल पुस्तक पसल दुम्किवासका नरेश बस्याल र एमपी बुक्स भरतपुरका प्रदीप सुनारलाई पनि सम्मान गरिएको छ ।
नियमितरूपमा धेरै र नगदमा कारोबार गरेको आधारमा सम्मान गरिएको पसलका सञ्चालक सरोज मास्केले बताए । यो किसिमको सम्मानले बजारको नगद कारोबारलाई प्रोत्साहन हुने र व्यवसायीलाई मितव्ययी बन्न प्रेरणा मिल्ने सञ्चालक मास्केले आशा व्यक्त गरे ।
मास्के पुस्तक भण्डार जिल्लाको पुरानो र ठुलो पुस्तक व्यवसाय हो । शिक्षासेवी सूर्यबहादुर मास्केले सुरुआत गरेको यो व्यवसायलाई अहिले उनका जेठा छोरा सरोज मास्केले सञ्चालन गरिरहेका छन् ।





