चितवनमा काँग्रेसले शनिबारदेखि सदस्यता वितरण सुरु गर्ने

भरतपुर, ५ साउन ।
नेपाली कांग्रेसले चितवनमा शनिवारदेखि संगठन विस्तारको अभियान सुरु गर्दैछ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार ४२औं विपी जयन्तीको अवसर पारेर सदस्यता वितरणको अभियान सुरु गर्न लागेको हो ।

शनिवार विहान ११ बजे एकै साथ विपीको फोटोमा माल्यार्पण गरेर सदस्यता वितरण सुरुवात गरिने बताइएको छ । कांग्रेसको क्रियाशील सदस्यता नवीकरण सम्बन्धि ९८ वटै वडा कार्यसमितिलाई गरिएको कांग्रेस चितवनका सचिव धुव्रराज पोखरेलले बताए । सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणलाई प्रभावकारी र व्यस्थित गर्न निर्देशन गरिएको पोखरेलले बताए ।

सदस्यताको फारम वडा तहमा पुगिसकेको छ । यसपटक जिल्ला प्रतिनिधिको रोहवरमा मात्रै नविरण गर्ने नियम राखिएको छ । नवीकरण सकेपछि साउन २० गते सबै वडाले वडा सम्मेलन गर्नेछन् ।

योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै सदस्यता लिन सक्नेछन् । सदस्यता लिएको एक वर्षपछि मात्रै क्रियाशील सदस्यता पाउने प्रावधान गरिएको छ । क्रियाशील सदस्यता नवीकरण भने दुई वर्षको एकैपटक गर्नुपर्ने नियम राखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट