पूर्वमुख्यमन्त्री नेपालीले अझै फिर्ता गरेनन् सरकारी गाडी

काठमाडौं, २ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी दुरुपयोग गरेका छन् । उनी मुख्यमन्त्रीबाट हटेको लामो समय भैसक्दा पनि सरकारी गाडी छोडेका छैनन् । सरकारी गाडीमै चढेर उनी मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भए ।

२०७९ पुस २५ गते नेपाली पदमुक्त भइसकेका हुन् । उनी मंगलबार दिउँसो मुख्यमन्त्री भएका बेला चढ्ने गरेको ग१झ६०१ नम्बरको रातो सरकारी गाडीमा चढेर सानेपामा झुल्किए । उनी मुख्यमन्त्रीबाट हटेदेखि नै उक्त सरकारी गाडी मुख्यमन्त्रीको कार्यालयले फिर्ता पहल गरेको थियो । तर उनले उक्त गाडी अझै फिर्ता गर्न अटेरी गरेका हुन् ।

प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीहरुलाई सरकारी सवारी र सरकारी चालक पनि दिने कानुनी व्यवस्था छैन । तर पनि उनले ६ महिना बितिसक्दा पनि सरकारी गाडी कब्जा गरेर चढिरहेका छन् । पोखरेल २०७८ जेठ २९ गते मुख्यमन्त्री बनेर २०७९ पुस ५ गते बिदा भएका थिए । अहिले गण्डकीमा कांग्रेसकै अर्का नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट