२०८० साउन ३ गते बुधबारको कायाकैरन दैनिक (ePaper)

उद्योगी व्यवसायीलाई मेडिकल कलेजमा छुट

भरतपुर, २ असार । उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पिटल भरतपुर (पुरानो मेडिकल कलेज) ले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र हस्पिटलबिच सोमबार छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्तर्गत संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट […]
अनुगमनमा उत्रियो भरतपुर महानगर

भरतपुर, २ साउन नयाँ आर्थिक वर्ष शुरु भएसँगै भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई पुनः सुरु गरेको छ । बजारमा अखाद्य वस्तुको खुलेआम बिक्री भइरहेको लिखित उजुरी महानगरको उजुरीपेटिकामा आएपछि महानगर अनुगमनमा उत्रिएको हो । ‘मंगलबार बिहान महानगरको उजुरीपेटिकामा एक जना सेवाग्राहीले गोप्य तरिकाबाट लिखित उजुरी हालेपछि महानगरले तत्काल बजार अनुगमनमा जाने निर्णय गरेको हो’ बजार अनुगमन […]
पूर्वमुख्यमन्त्री नेपालीले अझै फिर्ता गरेनन् सरकारी गाडी

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी दुरुपयोग गरेका छन् । उनी मुख्यमन्त्रीबाट हटेको लामो समय भैसक्दा पनि सरकारी गाडी छोडेका छैनन् । सरकारी गाडीमै चढेर उनी मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भए । २०७९ पुस २५ गते नेपाली पदमुक्त भइसकेका हुन् । […]
अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन

भरतपुर, २ साउन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन् । अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन् । मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र […]
स्वर्गीय साथी सम्झिँदै कवि कँडेलले बाँडे खेलसामग्री

भरतपुर, २ साउन । भरतपुर महानगरपालिका वडा नम्बर-२९ मा रहेको कविलास माविलाई खेलकुदका सामग्री उपलब्ध गराइएको छ । कवि एवम् प्राध्यापक ईश्वर कँडेलले स्वर्गीय साथीकाे सम्झनामा खेल सामग्री दिएका हुन् । मंगलबार उक्त विद्यालयमा पुगेर उनले बल, ब्याडमिन्टन, टेबलटेनिस, लुँडो, चेस, स्किपिङलगायतका खेलकुद सामग्री दिए । कवि कँडेलले आफ्ना साथी स्वर्गीय चिरञ्जीवी थापाको जन्मजयन्तीको अवसर […]
लोकल कमिटी लमजुङले नेशनल कोर्डिनेटर मिटिङ गर्दै

भरतपुर, २ साउन । इन्टरनेशनल एसोसिएसन अफ स्टुडेन्ट इन एग्रिकल्चर एन्ड रिलेटेड साइन्सेस (आईएएएस) नेपाल लोकल कमिटी लमजुङले नेशनल एक्सचेन्ज कोर्डिनेटर मिटिङ – २०२३ गर्ने भएको छ । साउन ४ गतेदेखि ७ गतेसम्म लमजुङस्थित लमजुङ कृषि क्याम्पसको परिसरमा कार्यक्रम गर्ने भएको हो । ई.स. २०१८ मा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी विद्यार्थी संस्था आईएएएस नेपाल लोकल कमिटी […]
इच्छाकामनाका कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स
इच्छाकामना, २ साउन । इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष […]