दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते

भरतपुर, २९ असार ।
काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित हुँदा भरतपुर–२९ दासढुंगामा पल्टिएको छ ।
शुक्रबार बिहान करिब ५ः२० बजेको समयमा दासढुंगा नजिकै १४ किलो भन्ने स्थानमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । बस रुखमा अड्कँदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भएको पण्डितले बताए ।
घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट