नेपाल टेलिकमले ल्यायो समर अफर

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुने गरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीका रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरू उपलब्ध गराइएको छ । त्यसै गरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भवाइस् तथा डाटा प्याकेजहरूलाई थप आकर्षक बनाइएको छ । समर अफर अन्तर्गत उपलब्ध प्याकहरू अल टाइम डाटा […]

सभामुख घिमिरेद्वारा बजेट विधेयक प्रमाणित

काठमाडौं, २९ असार । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएकाे आर्थिक वर्ष २०८०/८१ को बजेट सम्बन्धी विधेयक प्रमाणित गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनविना पारित गरेको र राष्ट्रिय सभाले सुझावविना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र […]

दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते

भरतपुर, २९ असार । काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित हुँदा भरतपुर–२९ दासढुंगामा पल्टिएको छ । शुक्रबार बिहान करिब ५ः२० बजेको समयमा दासढुंगा नजिकै १४ किलो भन्ने स्थानमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । बस रुखमा […]

अस्पतालमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा बालकको मृत्यु

घोराही, २९ असार । अक्सिजन सिलिण्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । बिहीबार घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर […]