मन्त्री जोशीद्वारा ह्विलचियर हस्तान्तरण

चितवन, २७ असार
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी दुई जनालाई ह्विलचियर हस्तान्तरण गरेका छन् । ग्रीन सोसाइटी नेपालको सहयोग तथा मन्त्री जोशीको समन्वयमा ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठ र ७१ वर्षीय मेघबहादुर आलेलाई ह्विलचियर हस्तान्तरण गरिएको हो ।

जोशीले प्रदेश सभा निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार ह्विलचियर हस्तान्तरणपछि बोल्दै मन्त्री जोशीले अपांग अशक्तको पक्षमा बागमती प्रदेश सरकार जिम्मेवार रुपमा लागि परेको बताए । उनले भने, ‘प्रदेश सरकार जनताको पक्षमा छ भन्ने अनुभूति हुने गरी स्वास्थ्य मन्त्रालयले काम गरेको छ ।’
स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्न मन्त्रालय लागि परेको उनको भनाई छ । प्रदेश सरकारका तर्फबाट जनतालाई प्रत्यक्ष रुपमा लाभ पुग्ने २५ वटा नयाँ कार्यक्रम सुरु गर्न लागेको उनले बताए । हुने खानेको पहुँचमा रहेको स्वास्थ्य सेवालाई हुँदा खानेको पहुँचसम्म पुर्‍याउनेतर्फ प्रदेश सरकार लागेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका नेता डिल्लीराम सापकोटा, नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० का सभापति गणेशबहादुर गुरुङ, दोभान कालिका नमुना टोलका अध्यक्ष दिवाकर ढकाल, महिला अध्यक्ष रमा सापकोटा लगायत उपस्थित थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट