भरतपुरमा आर्ट ग्यालरी र म्युजियमको माग

भरतपुर, २७ असार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार नारायणगढमा आयोजित कार्यक्रममा आर्ट ग्यालरी र म्युजियमको माग गरिएको छ । चितवन र नवलपरासी क्षेत्रमा चित्रकला तथा मूर्तिकलाको सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक गोष्ठीका वक्ताहरुले यस्तो माग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि एवं आयोजक संस्थाका उपकुलपति लालकाजी लामाले महानगरभित्र अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी चाहिने भन्दै सिटी […]

मन्त्री जोशीद्वारा ह्विलचियर हस्तान्तरण

चितवन, २७ असार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी दुई जनालाई ह्विलचियर हस्तान्तरण गरेका छन् । ग्रीन सोसाइटी नेपालको सहयोग तथा मन्त्री जोशीको समन्वयमा ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठ र ७१ वर्षीय मेघबहादुर आलेलाई ह्विलचियर हस्तान्तरण गरिएको हो । जोशीले प्रदेश सभा निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार ह्विलचियर हस्तान्तरणपछि बोल्दै मन्त्री […]

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि आज बिहान अस्पताल लगिएको थियो । ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनी लामो समयदेखि ओछ्यान परेकी थिइन् । त्यस्तै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल […]