काठमाडौं, २६ असार ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । अल्टिट्युड एयरको हेलिकोप्टरमार्फत शव काठमाडौं ल्याइएको हो ।
पोस्टमार्टमका लागि शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । पाइलटसहित ६ जना सवार हेलिकोप्टरका पाँच यात्रु मेक्सिकन नागरिक हुन् ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौं उडेको कल साइन ९ एनए–एमभी हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।





