नारी अभ्युदय केन्द्रमा पेन्सिल आर्ट्स प्रतियोगिता

चितवन, १४ जेठ ।
नारी अभ्युदय केन्द्र नारायणगढको ३६औँ स्थापना दिवसको अवसरमा नारायणगढमा अन्तरविद्यालय लाइभ पेन्सिल आर्ट्स प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लिटल फ्लावर स्कुलकी कक्षा १० की छात्रा आश्रीया श्रेष्ठ प्रथम, सोही विद्यालयकी पुष्पा पौडेल द्वितीय तथा बालकुमारी इङ्लिस बोर्डिङ स्कुलकी सिद्धिका सापकोटा तृतीय भएकी छन् ।

प्रतियोगितामा लिटल फ्लावर स्कुलकी मानसी श्रेष्ठ, संस्कृति पौडेल र छेदन गुरुङ, स्मल हेभन मोडल स्कुल आँपटारीकी आर्या श्रेष्ठ र एलिशा गुरुङ तथा आदिकवि भानुभक्त माविकी अनमोल सिलवालले सान्त्वना स्थान हासिल गरेका छन् ।

विद्यालयस्तरीय विद्यार्थीहरूको चित्रकला प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको केन्द्रले जनाएको छ । स्थापना दिवसकै अवसरमा केन्द्रले अन्य विविध कार्यक्रमसमेत सञ्चालन गरिरहेको अध्यक्ष विष्णु रायमाझीले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट