वरिष्ठ साहित्यकार मञ्जुललाई ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८३’ समर्पण

चितवन, १४ जेठ । पर्वतीय साहित्य समाजले वरिष्ठ साहित्यकार मञ्जुल लाई ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८३’ समर्पण गरेको छ । जयन्ता पवित्रा ढकाल स्मृति कोषद्वारा स्थापित उक्त पुरस्कार मञ्जुल निवासमै आयोजित विशेष कार्यक्रममा समर्पण गरिएको हो । कार्यक्रममा पर्वतीय साहित्य समाजका अध्यक्ष प्रतीक ढकाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार गीता […]
गैंडाकोटमा संस्कृत विश्वविद्यालयका प्राध्यापकलाई क्षमता अभिवृद्धि तालिम

गैंडाकोट, १४ जेठ । नेपाल संस्कृत विश्वविद्यालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूका लागि क्षमता विकास तालिम गैंडाकोटमा सुरु भएको छ । तालिमको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुधनकुमार पौडेलले गरेका हुन् । नेपालका विश्वविद्यालयहरूमा प्राज्ञिक एकरूपता र शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको विश्वविद्यालयले जनाएको […]
नारी अभ्युदय केन्द्रमा पेन्सिल आर्ट्स प्रतियोगिता

चितवन, १४ जेठ । नारी अभ्युदय केन्द्र नारायणगढको ३६औँ स्थापना दिवसको अवसरमा नारायणगढमा अन्तरविद्यालय लाइभ पेन्सिल आर्ट्स प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लिटल फ्लावर स्कुलकी कक्षा १० की छात्रा आश्रीया श्रेष्ठ प्रथम, सोही विद्यालयकी पुष्पा पौडेल द्वितीय तथा बालकुमारी इङ्लिस बोर्डिङ स्कुलकी सिद्धिका सापकोटा तृतीय भएकी छन् । प्रतियोगितामा लिटल फ्लावर स्कुलकी मानसी श्रेष्ठ, […]
बागमती साहित्य महोत्सव – २०८३ चितवनमा हुँदै

भरतपुर, १४ जेठ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ `बागमती साहित्य महोत्सव २०८३´ चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन हुने आयोजकले जनाएको छ । `साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको सम्बर्द्धन´ भन्ने मूल भावसहित […]