भरतपुर, २६ असार ।
लायन्स क्लब अफ चितवन नेशनल पार्कको आयोजनामा बाल क्यान्सर सम्बन्धी अभिमुखीकरण तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सामग्री हस्तान्तरण कार्यक्रम गरिएको छ ।
रत्ननगर नगरपालिकाका विभिन्न वडाहरुमा सेवारत ६१ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई बकुलहर रत्ननगर अस्पातलका बाल रोग बिशेषज्ञ डा. निश्चल मास्केले बाल रोग तथा बाल क्यान्सर रोगको बारेमा जानकारी दिएका थिए । सामान्यतया बाल रोग हुँदा बच्चाहरुमा देखिने लक्षण, त्यसको निगरानी र पहिचान तथा आवश्यक परामर्शले बाल क्यान्सर तथा अन्य बाल रोगहरुलाई निर्मुल पार्न सकिने गरी उपचार गर्न सकिने कुरालाई जोड दिँदै यी कार्यहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याउन सक्ने भूमिका र सहयोगका बारेमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा आयोजक क्लबका अध्यक्ष लायन सुन्दरलाल श्रेष्ठले अध्यक्षता गरेका थिए भने लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपाने प्रमुख अतिथि, डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन निरज श्रेष्ठ, डिष्ट्रिक्ट एक्जुकेटिव कोचिफ लायन बालगोपाल चुके र श्रीधर भण्डारी, डिष्ट्रिक्ट डेपुटी चिफ ओमलाल सापकोटा, कलष्टर चिफ मधुर नेपाल, रिजन चेयर पर्सन भीमबहादुर नेपाल, जोन चेयर पर्सन भीष्मकुमार श्रेष्ठ अतिथि रहेका थिए । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा ज्योति विकास बैंकले सहयोग स्वरुप उपलब्ध गराएको झोला, छाता, टर्च लाईटसहित अन्य सामग्रीहरु कार्यक्रममा सहभागी ६१ जना महिला सामुदायिक स्वास्थ स्वयंसेविकालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको लायन्स क्लब अफ लायन्स क्लब अफ नारायणगढ बालकुमारीका प्रथम उपाध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिए ।





