सोलुमा मनाङ एअरको हेलिकोप्टर दुर्घटना, ५ जनाको शव फेला

काठमाडौं, २६ असार ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा मंगलबार मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीकाअनुसार दुर्घटनामा पाँच जनाको शव फेला परेको छ । हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले उडाएका थिए । एक जना अझै बेपत्ता छन् । मृतकहरुको पहिचान खुलेको छैन ।

पाइलटसहित ६ जना यात्रु रहेको हेलिकोप्टर विहान १० बजेदेखि सम्पर्कविहीन थियो । मनाङको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो ।
उडेको १५ मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा रहेका पाँच जना नै यात्रु विदेशी हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट