पौडी खेल्ने क्रममा पोखरीमा डुबेर गैंडाकोटका दुई बालकको ज्यान गयो

गैंडाकोट, ८ असार ।
गैंडाकोटमा पोखरीमा डुवेर दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका- ३ तात्रीबासस्थित सिँचाईको पोखरीमा डुबेर गैँडाकोट-४ स्थित ज्ञानकुञ्ज स्कुलमा कक्षा ६ मा अध्ययनरत प्रतीक परियार र प्रविन श्रेष्ठको मृत्यु भएको स्कुलका प्रधानाध्यापक डिबि गुरुङले बताए ।

गर्मी छल्नका लागि बालकहरु पोखरीमा पौडी खेल्दा दुर्घटना भएको हो । आज शुक्रबार विद्यालय छुट्टी भएपछि उनीहरू पोखरीमा नुहाउने क्रममा डुबेका थिए । दुबै जनालाई पोस्टमार्टमा लागि भरतपुर अस्पताल लगिएको गैंडाकोट प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट