चितवनका प्रजिअ र रवि लामिछानेविरुद्ध कांग्रेसकाे उजुरी

भरतपुर, १० वैशाख ।
नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ ।

कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुव पोखरेलले चितवनका प्रजिअ र रास्वपाका सभापति रवि लामिछानेको विरुद्धमा उजुरी दिएका हुन् ।

निर्वाचन प्रक्रिया शुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियावाट लामिछानेले मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँकिरण मावि भोजाडस्थित मतदानस्थलमा असहज स्थिति बनाएको भन्दै कांग्रेसले उजुरी गरेको हो  ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट