तस्वीरमा चितवन-२ को उपनिर्वाचन

कायाकैरन, १० वैशाख । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र न २ को उपनिर्वाचनमा मतदानको कार्य सकिएको छ । कूल एक लाख २४ हजार ६९५ मतदाता रहेको चितवन-२ मा करिब ६१ प्रतिशत मत खसेको पूर्वानुमान भरतपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । गत मंसिर ४ गते सम्पन्न पहिलो निर्वाचनमा यहाँ ८४ हजार मत खसेको […]

चितवनका प्रजिअ र रवि लामिछानेविरुद्ध कांग्रेसकाे उजुरी

भरतपुर, १० वैशाख । नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ । कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुव पोखरेलले चितवनका प्रजिअ र रास्वपाका सभापति रवि लामिछानेको विरुद्धमा उजुरी दिएका हुन् । निर्वाचन प्रक्रिया शुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियावाट लामिछानेले मत मागेको, […]

चितवनमा ६१ प्रतिशत मत खस्यो

भरतपुर, १० वैशाख । निर्वाचन आयोगले तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको जनाएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ मा ६१ प्रतिशत, बारा २ मा करिब ६२ प्रतिशत र तनहुँ १ मा ५२ प्रतिशत खसेको छ । ‘समग्रमा ५९ प्रतिशत मत खसेको छ । बारा २ को केही ठाउँको जोड्न बाँकी […]

तनहुँमा ५१ प्रतिशत मात्र मतदान

दमौली, १० वैशाख । तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ६३ हजार ७ सय ५७ जनाले भोट हालेका छन् । उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँ १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् ।

मौलाकाली केवलकारको औपचारिक उद्घाटन वैशाख १८ गते

गैंडाकोट, १० वैशाख । मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आउने भएको छ । गैंडाकोट- १ मा निर्माण भएको केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि […]

नयाँकिरणमा सहमतिपछि मतदान पुनः सुरु

भरतपुर, १० वैशाख । भरतपुर– ११ स्थित नयाँकिरण मावि मतदानस्थलमा विवादले स्थगित मतदान पुनः सुरु भएको छ । रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११ः१५ बजेदेखि मतदान अवरुद्ध भएको थियो । रास्वपा सभापति रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन […]

चितवनमा ४८% मत खस्यो

भरतपुर, १० वैशाख । चितवन निर्वाचन क्षेत्र नम्बर- २ मा हालसम्म ४८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्ममा ५८ हजार मत खसिसकेको छ । `५८ हजार अर्थात् ४८ प्रतिशत मत खसिसकेको छ,´ कार्कीले भने । चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । चितवन-२ […]

विश्व पुस्तक दिवस र यसको महत्त्व

पुस्तक त्यो साधन हो, जसका पानामा जगत खुल्छ । पुस्तक त्यो फूल हो जसमा ज्ञानको भोको भमरा भुल्छ । अनि पुस्तक नै त्यो सागर हो जसमा संसार डुब्न चाहन्छ । पुस्तक नै त्यो सोपान हो जसबाट दुनियाँ विद्वत्ताको सगरमा पुग्न चाहन्छ । हामी पुस्तकलाई पूजा गर्छौं, पल्टाउँछौं अनि अक्षरहरूसँग भुल्छौं । जीवन र जगतप्रतिको दृष्टिकोण […]

भोट हाल्न आएकालाई सातु र सर्बत

भरतपुर, १० वैशाख । आज चितवनसहित तनहुँ र बारामा उपनिर्वाचन भैरहेको छ । उपनिर्वाचनसँगसँगै आज धार्मिक महत्त्वको अक्षय तृतीया पर्व पनि हो । हरेक वर्ष वैशाख शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीयाको रुपमा मनाउने गरिन्छ । आजको दिन सातु र सर्बत खाने चलन छ । चितवनमा उपनिर्वाचन अन्तर्गत मतदान चलिरहँदा मतदानस्थल वरपर सातु र सर्बत वितरण […]

समर्थकले नाराबाजी गरेपछि नयाँकिरणमा तनाव

भरतपुर, १० वैशाख । भरतपुर-११ स्थित भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा तनाव हुँदा केहीबेर मतदान कार्यक्रम बिथोलिएको छ । उक्त मतदान स्थलमा चितवन-२ का उपनिर्वाचन उम्मेदवार रवि लामिछाने प्रवेश गर्नेक्रममा उनका समर्थकहरूले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार लामिछाने मतदानस्थलमा पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए । त्यसपछि […]

साहित्य सङ्गमद्वारा विभिन्न स्रस्टालाई सम्मान

भरतपुर, १० वैशाख । ३०अ‍ौं पारिजात स्मृति दिवस २०८० को अवसरमा साहित्य सङ्गम चितवनले विभिन्न स्रस्टालाई सम्मान गरेको छ । सप्तगण्डकी कलेज भरतपुरको सभाहलमा शनिबार भएको कार्यक्रममा कला, भाषा र साहित्यमा विशेष योगदान पुर्‍याएका ३ जना ख्यातिप्राप्त स्रष्टाहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कृत स्रस्टाहरूमा निबन्धकार रामबाबु घिमिरे, कवि कृष्णप्रसाद पोखरेल र चित्रकार इन्दिरा श्रेष्ठ रहेका […]

चितवन २ मा कांग्रेस उम्मेदवार श्रेष्ठले गरे मतदान

भरतपुर, १० वैशाख । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् । उनले कालिका नगरपालिकास्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । चितवनमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर -२ मा एक लाख २४ हजार ६९५ मतदाता कायम भएका […]

उपनिर्वाचन : मतदाता बिहानै आइपुगे मतदान केन्द्रमा

भरतपुर, १० वैशाख । प्रतिनिधिसभातर्फ रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि चितवनमा बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा आएर लाइन बसेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २, बारा निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुन लागेको हो । बिहान ७ […]