समर्थकले नाराबाजी गरेपछि नयाँकिरणमा तनाव

भरतपुर, १० वैशाख ।
भरतपुर-११ स्थित भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा तनाव हुँदा केहीबेर मतदान कार्यक्रम बिथोलिएको छ ।

उक्त मतदान स्थलमा चितवन-२ का उपनिर्वाचन उम्मेदवार रवि लामिछाने प्रवेश गर्नेक्रममा उनका समर्थकहरूले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार लामिछाने मतदानस्थलमा पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए ।

त्यसपछि अन्य पार्टीका समर्थकले प्रतिवाद गर्दा अवस्था तनावग्रस्त भएको हो । अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्जसमेत गरेकाे थियाे । अहिले मतदानस्थल बाहिर नेपाली सेनाको टाेलीले सुरक्षा दिइरहेकाे छ भने मतदान कार्यक्रम चलिरहेको छ ।

यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र रास्वपाका लामिछाने मुख्य उम्मेदवार रहेका छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर -२ मा एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । जहाँ मंसिर ४ मा निर्वाचन हुँदाकाे भन्दा ४८० मतदाता थपिएका छन् ।

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित चितवन-२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडाहरू पर्दछन् । चितवन-२ मा दलबाट १२ र स्वतन्त्र १० गरी कुल २२ उम्मेदवार चुनावी मैदानमा छन् । चितवनमा मतदान स्थल ४३ र मतदान केन्द्र १३८ रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट