मगर (ढूट) भाषाको ‘आखरहील्मा’ पुस्तक लोकार्पण

स्याङ्जा, १७ साउन ।
युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रित पुस्तक ‘आखरहील्मा (अक्षराङ्क)’ को लोकार्पण तथा विमर्श कार्यक्रम वालिङमा सम्पन्न भएको छ ।

नेपाल मगर लेखक सङ्घ स्याङ्जाको आयोजनामा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले मगर प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा पुस्तकको लोकार्पणसँगै कृतिमाथि समीक्षात्मक विमर्शसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर, नेपाल मगर लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रुद्र श्रीस मगर, प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल तथा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य गीता रखाली मगरले कृतिको समीक्षा गर्दै मगर (ढूट) भाषा संरक्षण र शिक्षणमा पुस्तकले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपाल मगर लेखक सङ्घ स्याङ्जाका अध्यक्ष जी.बी. रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका थिए ।

नेपाल मगर लेखक सङ्घ स्याङ्जाले प्रकाशन गरेको यो पुस्तक लेखकद्वयको पहिलो कृति हो। मगर (ढूट) अक्खालिपि र भाषा शिक्षणलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको पुस्तकमा सिकाइको स्तरअनुसारका सामग्री समावेश गरिएको छ। पुस्तकको नेपाली भाषा सम्पादन मिलन समीरले गरेका हुन् ।

कार्यक्रमको सहजीकरण सहलेखक तथा नेपाल मगर लेखक सङ्घ स्याङ्जाकी सहसचिव सावित्रा थापाले गरेकी थिइन् । समारोहमा प्रमुख अतिथि र वक्ताहरूलाई मायाको चिनोसहित सम्मानसमेत गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट