भरतपुर, ११ चैत ।
नेपाल रेडक्रस साेसाईटी उपशाखा गीतानगरकाे आयाेजना तथा भरतपुर आँखा अस्पतालकाे सहयाेगमा गीतानगरमा निःशुल्क आँखा शिविर सम्पन्न भएकाे । साे शिविरमा ५ सय ७५ जनाकाे नि: शुल्क आँखा परिक्षण गरिएकाे थियाे ।
उपशाखाका सह सचिव एवम् स्थानीय समाजसेवी उपेन्द्र पण्डितका अनुसार शिविरमा सहभागीमध्ये २६ जनामा माेतियाबिन्दुकाे समस्या देखिएकाे छ । यस्तै १७० जनालाई निःशुल्क चस्मा वितरण गरिएकाे उनले जानकारी दिए ।
नेपाल रेडक्रस साेसाईटी चितवन शाखाका सभापति हरि पाैडेलकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरुले गाउँमा नै शिविर ल्यायर सेवा दिएकाे भन्दै रेडक्रस र आँखा अस्पतालाई धन्यवाद दिएका थिए ।
प्रमुख अतिथि पाैडेलले समाजकाे सेवाका लागि स्थापित रेडक्रसले सामाजिक कामहरुलाई आफ्नाे मर्मकाे रुपमा काम गर्ने बताए । कार्यक्रम संयाेजक सराेज काेईरालाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।





