१२५ जना पत्रकारको आँखा परीक्षण

भरतपुर, ११ चैत । नेपाल पत्रकार महासंघ र नेपाल नेत्र ज्योति संघको स्थापना दिवसको सन्दर्भमा गरिएको आँखा शिविरमा पत्रकारहरुले आँखा परीक्षण गराएका छन् । चितवनका पत्रकारहरुले भरतपुर आँखा अस्पतालमा आँखा परीक्षण गराएका हुन् । १ सय २५ जना पत्रकारको आँखा परीक्षण गरिएको थियो । आँखा रोग विशेषज्ञ डाक्टर हिमाल गिरीले अधिकाँस पत्रकारहरुमा दृष्टि दोषको समस्या […]

रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एकसाथ अगाडि बढाइने

भरतपुर, ११ चैत । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एकसाथ अगाडि बढाउनु पर्ने बताएकी छन् । नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुवर्षीय सहमतिसहित टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भइरहेको उल्लेख गरिन् । उनले रंगशाला बन्छ कि बन्दैन […]

उद्यम गर्न चाहने युवालाई सहयोग गरिने

भरतपुर, ११ चैत उद्यमशीलताको विकासका लागि चितवनमा पनि उद्यमशीलता सहायता कार्यक्रम लागु हुने भएको छ । कार्यक्रम अन्तर्गत उद्यम गर्न चाहने युवालाई सहयोग गरिने बताइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँग मिलेर विश्वविद्यालय अनुदान आयोगले अगाडि बढाएको यस कार्यक्रममा नेपालभरिका १८ वटा कलेज छनौट भएका छन् । ती १८ वटा कलेजमध्ये चितवनका ३ वटा […]

गीतानगरमा ५७५ जनाकाे आँखा परिक्षण

भरतपुर, ११ चैत । नेपाल रेडक्रस साेसाईटी उपशाखा गीतानगरकाे आयाेजना तथा भरतपुर आँखा अस्पतालकाे सहयाेगमा गीतानगरमा निःशुल्क आँखा शिविर सम्पन्न भएकाे । साे शिविरमा ५ सय ७५ जनाकाे नि: शुल्क आँखा परिक्षण गरिएकाे थियाे । उपशाखाका सह सचिव एवम् स्थानीय समाजसेवी उपेन्द्र पण्डितका अनुसार शिविरमा सहभागीमध्ये २६ जनामा माेतियाबिन्दुकाे समस्या देखिएकाे छ । यस्तै १७० […]

मनकामना आमा समूहको अध्यक्षमा विष्णु अर्याल चयन

गैंडाकोट, ११ चैत । छहारी टोल विकास संस्था अन्तर्गतको मनकामना आमा समूहको अध्यक्षमा विष्णु अर्याल चयन भएकी छन् । समूहको शनिवार भएको चौंथो अधिवेशनले अर्याललाई अध्यक्षमा चयन गरेको हो । १ सय २० जनाभन्दा बढि सदस्य रहेको समूहको उपाध्यक्षमा विमला प्याकुरेल, सचिवमा संगीता केसी पौडेल, कोषाध्यक्षमा खुमकुमारी थापा र सहसचिवमा दुर्गा सुवेदी चयन भएका छन् […]

ओझाको `ऐँठन´ सार्वजनिक

काठमाडौँ, ११ चैत । चर्चित उपन्यास ‘ऐलानी’का लेखक विवेक ओझा पाँच वर्षपछि नयाँ उपन्यास ‘ऐँठन’ लिएर आएका छन् । शनिबार एक समारोहबीच द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले एकसाथ ‘ऐँठन’ सार्वजनिक गरे । पुस्तकका बारे बोल्दै सुमन अधिकारीले पुस्तकले दुई दशकअघिको […]

साहित्य संगमले एकै थलोमा ११ जना स्रष्टालाई सम्मान गर्ने

मकवानपुर, ११ चैत । मकवानपुर जिल्लाको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले एकै थलोमा विभिन्न विधाका ११ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । संगमले आगामी वैशाख महिनामा दुई दिनसम्म साहित्य महोत्सव गर्ने र सोही महोत्सवमा ११ जना अग्रज युवा र अनुज साहित्यकारहरूलाई नगदसहित सम्मान गर्न लागेको शनिबार पत्रकार भेटघाटमा जानकारी गराइएको हो । अध्यक्ष अनिता […]

पर्वत – गैंडाकोट सम्पर्क समाज गठन

गैंडाकोट, ११ चैत । पर्वत जिल्लाबाट बसाइँसराइ गरि गैंडाकोट बस्दै आएकाहरूले पर्वत गैंडाकोट सम्पर्क समाज गठन गरेका छन् । प्रेमप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरिएको छ । पौडेलले नेतृत्व गरेको समाजको उपाध्यक्षमा चाेभा सुवेदी, सचिव कमलापति शर्मा, काेषाध्यक्ष विष्णु प्रसाद सापकोटा र सहसचिव टीकाराम पाैडेल रहेका छन् । समाजको सदस्यहरूमा गुरुप्रसाद पाैडेल, मीना ढकाल, […]

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

काठमाडौँ, ११ चैत । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शनिबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो । […]