गैंडाकोट, ११ चैत ।
पर्वत जिल्लाबाट बसाइँसराइ गरि गैंडाकोट बस्दै आएकाहरूले पर्वत गैंडाकोट सम्पर्क समाज गठन गरेका छन् । प्रेमप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरिएको छ । पौडेलले नेतृत्व गरेको समाजको उपाध्यक्षमा चाेभा सुवेदी, सचिव कमलापति शर्मा, काेषाध्यक्ष विष्णु प्रसाद सापकोटा र सहसचिव टीकाराम पाैडेल रहेका छन् ।
समाजको सदस्यहरूमा गुरुप्रसाद पाैडेल, मीना ढकाल, चेतनाथ गाैडेल, गाेविन्दबहादुर क्षेत्री, उमानन्द रिजाल, विष्णुप्रसाद शर्मा, चुडामणि शर्मा, जागेश्वर भुसाल, भगवती पाैडेल आचार्य र रुपनारायण उपाध्याय रहेका छन् ।
समाज गठनका लागि कमल तिवारी संयोजक रहेको निर्वाचन समिति बनाइएको थियो ।
जसको सदस्यमा तारादेवी सापकोटा र नवीन अधिकारी रहेका थिए । लेखा तथा सुपरिवेक्षण समितिको संयाेजकमा अर्जुन अधिकारी चयन भएका छन् भने सदस्यहरूमा तुल्सी तिमिल्सिना र राजेन्द्र रेग्मी छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैंडाकोट नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मुक्तिराम रिजाल रहेका थिए भने अतिथिमा लेखा अधिकृत विष्णुप्रसाद भुसाल, गुरुप्रसाद पौडेल, पवित्रा अधिकारी, तेजेन्द्र उचाई ठकुरीलगायत थिए ।





