मनकामना आमा समूहको अध्यक्षमा विष्णु अर्याल चयन

गैंडाकोट, ११ चैत ।
छहारी टोल विकास संस्था अन्तर्गतको मनकामना आमा समूहको अध्यक्षमा विष्णु अर्याल चयन भएकी छन् । समूहको शनिवार भएको चौंथो अधिवेशनले अर्याललाई अध्यक्षमा चयन गरेको हो ।

१ सय २० जनाभन्दा बढि सदस्य रहेको समूहको उपाध्यक्षमा विमला प्याकुरेल, सचिवमा संगीता केसी पौडेल, कोषाध्यक्षमा खुमकुमारी थापा र सहसचिवमा दुर्गा सुवेदी चयन भएका छन् । यसैगरी सदस्यहरुमा देवी भट्टराई, हिमादेवी गौतम, भगवती सुवेदी, शारदा आचार्य, मञ्जु क्षेत्री, केशवा गौतम, इन्दिरा कंडेल र दिलमाया थापा चयन भएका छन् ।

शनिबार नै समूहको आठौं साधारणसभा समेत सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष भगीरथी सुवेदीको अध्यक्षता र गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटाको प्रमूख आतिथ्यमा भएको साधारणसभा तथा अधिवेशनमा विभिन विधामा आर्थिक एवम् अन्य सहयोग गर्ने डाक्टर गंगा सापकोटासहित विभिन्न महानुभावहरुलाई सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष विष्णु अर्यालले बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट