काठमाडौं, १० चैत ।
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले एआइजी कुँवरलाई महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
डिआइजीबाट एआइजीमा बढुवा हुँदा कुँवर १ नम्बरमा थिए । कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य केही दिन अघि मात्रै एआइजीमा बढुवा भएका थिए ।
महानिरीक्षकको दौडमा दीपक थापा र श्याम ज्ञवाली पनि मुख्य प्रतिस्पर्धामा थिए । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कुँवरलाई महानिरीक्षक बनाउने निर्णय भएको जानकारी दिए ।





