ट्राफिक सचेतनामा गैंडाकोटका युवाको चासो

गैंडाकोट, १० चैत । ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला गैंडाकोट नगरयुवा संजालको आयोजनामा शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । गैंडाकोट-२ का अध्यक्ष प्रकाश सापकोटाको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले ट्राफिक नियम सवारीसाधन चलाउने र पैदल यात्रा गर्ने सबैले पालना गर्नुपर्ने बताए […]

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं, १० चैत । नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले एआइजी कुँवरलाई महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । डिआइजीबाट एआइजीमा बढुवा हुँदा कुँवर १ नम्बरमा थिए । कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य केही दिन अघि मात्रै एआइजीमा बढुवा भएका थिए । महानिरीक्षकको […]

लियो क्लबको आयोजनामा ५० जनाले गरे रक्तदान

भरतपुर, १० चैत । लियो क्लब अफ नारायणगढ बालकुमारीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार भरतपुर-१० स्थित सप्तगण्डकी क्याम्पस चोकमा गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अच्युत आचार्य `सिजन´ले जानकारी दिए । आचार्यका अनुसार रक्तदान कार्यक्रममा महिला, युवा र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको सुरुवातमा सप्तगण्डकी आमा समूहकी […]

आइतबारदेखि चितवनबाटै लाइसेन्स दिइने

भरतपुर, १० चैत । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो । कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । कार्यालयका प्रमुख कालीप्रसाद भुजेलका अनुसार अनलाइन फाराम भर्नका लागि […]

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौँ, १० चैत । नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ […]

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु

काठमाडौं, १० चैत । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज (शुक्रबार)देखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ बजेर १० मिनेटदेखि बेलुका ६ बजेर २० मिनेटसम्म बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । […]

२०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

काठमाडौं, १० चैत । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् । सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् ।

राहुल गान्धीलाई सुनाइयो दुई वर्षको जेल सजाय

भरतपुर, १० चैत । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो […]

महानगरबाट बालगृह अनुगमन

भरतपुर, १० चैत भरतपुर महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरुको अनुगमन गरेको छ । महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले संचालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरुको स्थलगत अनुगमन गरेको हो । भरतपुर ८ मा रहेको एसओएस बालग्राम नेपाल, भरतपुर १२ मा रहेको मुक्ति बालगृह तथा […]

हराएर फेला परेका ११ वटा मोबाइल फिर्ता

रत्ननगर, १० चैत इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले हराएर फेला परेका ११ वटा मोबाइल सम्बन्धित धनीलाई बुझाएको छ । मोबाइल चोरी भएको तथा हराएको भनी कार्यालयमा प्राप्त निवेदनका आधारमा ती मोबाइल फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ । चोरीका ८ थान र हराएका ११ थान मोबाइल प्रहरीले फेला पारेको थियो । चोरीका ८ थान मोबाइलबारे […]