हराएर फेला परेका ११ वटा मोबाइल फिर्ता

रत्ननगर, १० चैत
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले हराएर फेला परेका ११ वटा मोबाइल सम्बन्धित धनीलाई बुझाएको छ । मोबाइल चोरी भएको तथा हराएको भनी कार्यालयमा प्राप्त निवेदनका आधारमा ती मोबाइल फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ ।
चोरीका ८ थान र हराएका ११ थान मोबाइल प्रहरीले फेला पारेको थियो । चोरीका ८ थान मोबाइलबारे अनुसन्धान जारी रहेकाले फिर्ता नगरिएको र पछि फिर्ता गरिने प्रहरीको भनाइ छ ।
काठमाडौं, भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरोको समेत सहयोगमा खोजतलासका क्रममा विभिन्न स्थानबाट ती मोबाइल फेला पारिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी अनिलकुमार खड्काले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट