लियो क्लबको आयोजनामा ५० जनाले गरे रक्तदान

भरतपुर, १० चैत ।
लियो क्लब अफ नारायणगढ बालकुमारीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार भरतपुर-१० स्थित सप्तगण्डकी क्याम्पस चोकमा गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अच्युत आचार्य `सिजन´ले जानकारी दिए । आचार्यका अनुसार रक्तदान कार्यक्रममा महिला, युवा र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको सुरुवातमा सप्तगण्डकी आमा समूहकी संस्थापक अध्यक्ष मेनुका पौडेलले रक्तदान गरिन् । रक्तदातामा विशेषगरी महिलाको उल्लेख्य सहभागिता रहेको आचार्यले बताए ।

जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष अशोक अधिकारीले बताए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा लियो क्लब अफ चितवन ३२५ आरका जिल्ला सचिव बिज्ञान पौडेलको उपस्थिति थियो । लियो क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गरेकोमा पौडेलले खुसी व्यक्त गरे । `रक्तदाताको रूपमा रहेका युवावर्ग रोजगार तथा अध्ययनका लागि बिदेश जान थालेपछि हिजोआज देशैभर रगतको अभाव हुन थालेको छ´, प्रमुख अतिथि पौडेलले भने – `यस्तो अवस्थामा यहीँ भएका युवाहरूले रगत संकलन गर्ने काममा आफ्नो जिम्मेवारी बहन गर्नुभएकोमा खुसी लागेको छ । यहाँहरूले सधैंभरी हातेमालो गर्नुपर्दछ ।´

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चैतदेखि साउन महिनासम्म गर्मीको मौसममा रगतको अभाव बढ्ने गरेको छ । यस्तो बेलामा युवासञ्जाल र सामाजिक संघसंस्थाले खेल्ने भूमिका महत्त्वपूर्ण हुने पौडेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट