नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौँ, १० चैत ।
नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ । यस पटक बागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोवास छ । जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा बागमती प्रदेशमा कुल संख्याको एक तिहाइको बसोवास छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए । प्रधानमन्त्री दाहालले नै नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट