विद्युत व्यवसायी संघ चितवनमा नवराजको नेतृत्व

भरतपुर, ७ चैत ।
विद्युत व्यवसायी संघ चितवनको १२औँ वार्षिक साधारणसभा तथा सातौं अधिवेशन कार्यक्रम गरिएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेल, महासंघ पूर्व अध्यक्ष तेजनारायण खरेल, महासंघका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी, महासंघका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटालगायत देशभरका नगर/जिल्ला संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै यो समयको अर्थतन्त्रलाई थप संकटतर्फ जान नदिन सबैले बेलैमा पहल थाल्नुपर्ने बताए । देवकोटाले बैंकबाट ब्यापारीले लिएको ऋणलाई सरकारले सहज बनाउन पहल गर्नुपर्नेमा जोड दिए । सभाका अर्का अतिथि उद्योग बाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले विश्व आर्थिक मन्दिको असर नेपाली अर्थतन्त्रमा समेत देखिएको बताउँदै अर्थतन्त्रका प्रमुख सूचकहरू आयात, निर्यात, आर्थिक बृद्धि, राजश्व संकलन, उत्पादन, रोजगारी सबै क्षेत्रमा कमी आएको उल्लेख गरे ।

महासंघ तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाले अर्थतन्त्रलाई ठीक दिशातर्फ डोहोर्‍याउन सरकार र निजी क्षेत्र दुबै सचेत बन्नुपर्ने र तत्कालको समस्याबाट आत्तिएर व्यवसाय छोड्न नहुने बताए ।

विद्युत व्याबसायी संघ चितवनको १२औँ वार्षिक साधारणसभा कार्यक्रममा गोर्खप्रसाद सापकोटाले सचिब प्रतिवेदन पेश गरेका थिए । डोलराम न्यौपानेको अध्यक्षतामा भएको सभा लगत्तै सातौं कार्यकालका लागि नवराज सुबेदीको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमितिको समेत चयन गरेको छ । नयाँ बनेको समितिमा प्रथम उपाध्यक्ष विष्णुप्रसाद चालिसे, द्वितीय उपाध्यक्ष कृष्ण सुवेदी, तृतीय उपाध्यक्ष गोर्खप्रसाद सापकोटा, सचिव परमानन्द सापकोटा, कोषाध्यक्ष काशीनाथ सापकोटा, सह-सचिव खगराज अधिकारी, सह-कोषाध्यक्ष प्रमेश्वर भट्टराईलगायत पाँच जना सदस्य रहेका छन् । साधारणसभा कार्यक्रमलाई पत्रकार पूर्ण शर्माले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट